काठमाडौं, १८ चैत । बलिउड अभिनेता रणवीर कपुरले आफ्नी छोरी राहा कपुरलाई झण्डै दुई सय ५० करोड भारतीय रुपैयाँ पर्ने बंगला उपहारमा दिने भएका छन् ।
बलिउड लाइफलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार मूल्यका हिसाबले यो बंगला बलिउडका महानायक अमिताभ बच्चनको जल्साु र शाहरूख खानको ुमन्नतु बंगला भन्दा पनि महँगो हो ।
छोरीलाई उपहार दिने यो बंगलामा रणवीर र आलियाको बराबर लगानी रहनेछ । आमा नितु कपुरको साथमा रणवीर तथा आलिया हाल निर्माणधीन रहेको मुम्बईस्थित बान्द्रामा रहेको यो बंगलामा देखिएपछि यसको खुलासा भएको हो ।
यो उपहार पाएसँगै रणवीर(आलियाकी एक वर्षीया छोरी बलिउडकी सबैभन्दा कम उमेरकी धनी सन्तान बन्ने समाचारमा उल्लेख छ । भारतको कानुन अनुसार यसरी उपहार दिइएको सम्पतिमा कुनै कर लाग्दैन तर यसबाट आय हुन तालेमा भने कर तिर्नुपर्छ ।
यो बंगलामा राहासँगै उनी हजुरआमा नितु कपुरसमेतको हिस्सा रहनेछ। रणवीर(आलियाको यो बंगला बनिरहेको बान्द्र क्षेत्रमा करिव ६० करोड भारु बढि मूल्य पर्ने चार वटा फ्ल्याट रहेको छ ।
नितुले हालैमात्र यही क्षेत्रमा १५ करोड भारुमा आफ्ना लागि एउटा घर किनेकी थिइन् । समाचारका अनुसार २५० करोडको बंगला तयार भएपछि रणवीर, आलिया, छोरी राहा तथा नितु कपुर यही बंगलामा बस्नेछन्। हाल भने नितु र उनका छोराबुहारी छुट्टाछुट्टै बस्दै आइरहेका छन् ।