Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

दुर्घटना एकै सन्तानका ५ जनाको मृत्यु र एक वेपत्ताले पौवाखेत शोकमा डुव्यो


1.2K
Shares

दुर्घटना एकै सन्तानका ५ जनाको मृत्यु र एक वेपत्ताले पौवाखेत शोकमा डुव्यो

गोरखा, १८ चैत । गोरखा नगरपालिका–७ पौवाखेतका ४० बर्षका शंकर रोकाको शुक्रबार क्यान्सर रोगबाट मृत्यु भएपछि ७० बर्षकी आमा जुनकिरी रोका सहित सिंगो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाण्डौमा निधन हुनुभएका शंकरको पशुपति आर्यघाटमा गएराती अवेर दाहसंस्कार गर्न गाउँबाट आउनुभएकी आमा जुनकिरी सहित सवै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुगे ।

अल्पायुमै छोराको निधनले मर्माहत हुनुभएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजक्रियाका लागि स–परिवार फरक–फरक तीनवटा गाडी लिएर गोरखा फर्कदै थिए । घर फर्कदै गरेका तीनवटा गाडीहरुमध्ये दुई वटा गाडी अन्दाजी चार बजे मुग्लिन पुगेर रोकियो तर बा २ ज ४१९६ नम्बरको मृतकका आमा जुनकिरी, दिदिवहिनी, ज्वाई, छोरा र भान्जा चढेर फर्कदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन ।

निक्कैबेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शंकाउपशंका नहुने कुरै भएन । मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए । त्यतिकैमा चितवनको इच्छाकामना गाउँपालिका–५, स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात प¥यो ।

घटनालगत्तै आफ्न्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट ५ जनाको शव निकाल्यो र एक जना अझै बेपत्ता छन् । क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कदै गर्नुभएकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाईसंगै अव कहिल्यै गाउँ फर्कनु हुनेछैन ।

जुनकिरी सहित दुर्घटनामा ज्यान गुमाएकाहरुमा उहाँकी जेठी छोरी ४१ बर्षकी हरीमाया उपरकोटी, कान्छी छोरी २८ बर्षकी अन्जना रोका, माइला ज्वाई ३५ बर्षका अर्जुन सिर्मल, ९ बर्षका नाति आगमन उपरकोटी (मृतक हरिमायाकी छोरा) भएको वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परी वेपत्ता हुनुभएका १८ बर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन हुनुभएका शंकरका छोरा हुनुहुन्छ ।

मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परी रोका परिवारमा ५ जनाको मृत्यु र एक वेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुवेका छन् । अस्पतालमा परिवार र आफ्न्तलाई सान्तव्ना दिन पुगेकाहरु समेत वोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology