Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मनकामना मन्दिर जादै गरेको स्कारपियो दुर्घटना ः १ जनाको मृत्यु


1.6K
Shares

गोरखाको मनकामना मन्दिर जादै गरेको स्कारपियो दुर्घटना ः १ जनाको मृत्यु

गोरखा, १७ चैत । नवरपुरबाट गोरखाको मनकामना मन्दिर तर्फ जादै गरेको स्कारपियो आज दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । शनिरबार बिहान तिर्थ यात्री लिएर मनकामना मन्दिर तर्फ जादै गरेको उक्त सवारी शहिद लखन गाउँपालिका–३ को घोर्लेस्वाँरा स्थित मझुवादेउराली दुर्घटनामा परेको थियो ।

ग। च ७६१९ नम्बरको उक्त सवारी मझुवादेउरालीको मनकामनाको कच्ची सडकको उकालो चढ्न नसकी पछाडी हट्दा अन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त दुर्घटनामा नवलपुर जिल्ला विनय त्रिवेणी गाउँपालिका–४ बस्ने बर्ष ४५ का शोभाखर गैरे गंभिर घाईते भएका थिए । उनको छिमेकी जिल्ला तनहुँको आँबुखैरेनीमा रहेको छिम्केश्वरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

बिहान ११ः१० बजे दुर्घटनामा परेका गैरेलाई तत्कालै उद्वार गरी उपचारको लागि लगिएको थियो । गैरेको बिहान ११ः४० बजे अस्पतालका चिकित्सकहरुले मृत्त घोषित गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

सवारी दुर्घटनामा संलग्न चालक बिनय त्रिवेणी गाउँपालिका–४ का ४७ बर्षका बेगबहादृुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त सवारी कुल १० जना सवार भएकोमा अन्यलाई भने केही नभएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology