गोरखा १७ चैत : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ।
दुर्घटनामा परी ट्याक्सीमा सवार गोरखा नगरपालिका -७ का ४१ वर्षीया हरिमाया रोकाय , ७० वर्षीया जुनकिरी रोकाय ,२८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको हो। त्यस्तै ट्याक्सी चालक गोरखाका अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट गोरखा तर्फ आउदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७: १५ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको थियो । दुर्घटनामा एकजना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ। उहाँको खोजी कार्य भइरहेको छ।
ट्याक्सीमा सवार पाँचैजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ।