Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको शहीदलखन गाउँपालिकाको काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न


1.6K
Shares

गोरखाको शहीदलखन गाउँपालिकाको काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न

गोरखा १५ चैत । गोरखाको शहीदलखन गाउँपालिका–५,स्थित काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । लामो समयदेखि खानेपानी चर्को अभाव झोल्दै आएका काहुलेका स्थानीयबासीहरुका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देस्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।

‘‘‘विद्युतीय प्रविधिबाट लिफ्टिङ खानेपानी आयोजना निर्माण गर्दा विद्युत आपूर्ती नहुँदा समस्या हुने र महंगो पनी पर्नजाने भएकाले सोलार प्रविधि मार्फत पानी तान्ने गरी आयोजना निर्माणको काम सम्पन्न भएको छ, उहाँले भन्नुभयो, ‘‘सोलार प्रविधि कर्म खर्चिलो हुने भएकाले उपभोक्ताहरुका लागि पनि थप सजिलो हुनेछ ।’’

आयोजना निर्माण सम्पन्न गर्न कुल ४३ लाख ९४ हजार रुपैयाको खर्च भएकोे वडा नम्बर ५ का वडाध्यक्ष यमबहादुर रानामगरले जानकारी दिनुभयो । गाउँपालिका र रिन्युएवल वल्ड नेपाल नामक संस्थाको साझेदारी आयोजना निर्माण सम्पन्न भएको हो । ‘‘आयोजना निर्माण गर्न गाउँपालिकाको तर्र्फबाट रु १८ लाख ९४ हजार खर्च भएको छ, उहाँले भन्नुभयो, ‘‘त्यस्तै वाहेक साझेदार संस्था रिन्युएवल वल्ड नेपाल नामक संस्थाले पनि आयोजना निर्माणका लागि रु २५ लाख रुपैया खर्च गरेको छ ।’’

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका २ सय ६० जना भन्दाबढी स्थानीय उपभोक्ताहरु लाभाव्दित भएको वडाध्यक्ष रानामगरको भनाई छ । आयोजना निर्माण सम्पन्न भएसंगै घरको आँगनमै स्वच्छ खानेपानीको सुविधा पाएको भन्दै स्थानीयबासीहरु पनि खुशी भएका छन् ।

‘‘घरको आँगनमै खानेपानीको धारा बनेपछि अव ग्रागी बोकेर धाएरै धारामा जानुपर्ने बाध्यता हटेको छ, स्थानीयबासी शान्ति रानमगरले भन्नुभयो, ‘‘अव पानी लिन जानुपर्ने समय अरु काममा लगाउन पनि पाइने भएको छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology