Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाका वाग्ले ठगी आरोपमा राजधानीबाट पक्राउ


2.5K
Shares

गोरखाका वाग्ले ठगी आरोपमा राजधानीबाट पक्राउ

काठमाडौं, १४ चैत । वैदेशिक रोजगारमा पठाउछु भन्दै ठगी गरेको आरापमा गोरखाका समिरराज वाग्ले सहित प्रहरीले राजधनीबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोरखा शहिद लखन गाउँपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–९ बस्ने २८ वर्षीय समिरराज वाग्ले र रूकुम चौरजहारी नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय खड्कबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।

पक्राउमध्ये गोरखाका वाग्लेले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै पीडितबाट १ लाख ५० हजार रूपैयाँ ठगी गरेको र खड्कबहादुरले रोमानिया पठाईदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं मनमैजु र खड्क बहादुरलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology