गोरखा, १४ चैत । फागु पूर्णिमा अर्थात फागुन ११ गते यातायात मजदुर कुटिएको बिरोधमा आज बुधबार गोरखामा सदरमुकाममा सार्बजानिक यातायात बन्द भएको छ ।
कुटपटिमा सग्लग्नहरुलाई कारबाहीको माग गर्दै जिल्लाका यातायात मजदुरहरुले आज बिहान देखि यातायात बन्द गरिएको यातायात मजदुर संगठनका जिल्ला अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।
गत फागुन ११ गते ग १ ख ७१९१ नम्बरको यात्रुबाहक बसका चालक अर्जुन परियार र सहचालक टिकाराम नेपालीलाई गोरखा नगरपालिका – ७ धारापानीका हरि श्रेष्ठ, ध्रुब श्रेष्ठ र समित श्रेष्ठ सहित अन्य ३ जना मिलेर यातायात मजदुर माथि कुटपिट गरिएकाले हाम्रो माग प्रहरी र प्रशासनले सुनुवाई नगरेकाले सार्बजानिक यातायात बन्द गरिएको रानाले भनाई छ ।
फागुपर्ब ११ गतेका दिन गोरखाको बाह्रकिलोबाट पालुङटारको ठाँटीपोखरी जाँदै गरेको ग १ ख ७१९१ नम्बरको बस र बिपरीत दिशातर्फ आईरहेको बा २० च ५८५८ नम्बरको निजिकार एक आपसमा ठोकिएकर दुर्घटना भएको थियो । त्यस घट्नाको बिषयलाई लिएर यातायात मजदुरहरुले गोरखाका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।
यातायात मजदुरहरुले गाडीचालक परियारको उपचार खर्च, दोसीलाई कडा कारबाही लगाएत माग राखेर सडक अबरुद्ध पारेका हुन् । बिहानैबाट यातायात बन्द भएपछि काठमाडौ, पोखरा, चितबन, बिरगंज जाने यात्रुहरु बिचल्लीमा परेर सडकमा अलपत्र परेका हुन् ।
माग पुरा नभए सम्म यातायात चल्न नदिने यातायात मजदुरहरुको अडान यथाबत रहेको छ । उता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठ भने दुई पक्ष बीच छलफल गरी यातायात सुचारु गराउने पक्रियामा रहेको बताउनुभएको छ ।