Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

दरौँदी किनारमा अवैध दोहन : उत्खननमा प्रयोग भएका मेसिन र टिप्पर नियन्त्रणमा


2.2K
Shares

दरौँदी किनारमा अवैध दोहन : उत्खननमा प्रयोग भएका मेसिन र टिप्पर नियन्त्रणमा

गोरखा १४ चैत । गोरखा नगरपालिका–१०, स्थित दरौँदी नदी किनारमा अवैद्य दोहन भएको भेटिएको छ । नदी किनारमा रहेको नदीजन्य पदार्थको अवैध उत्खनन गरी दोहन गरिरहेको अवस्थामा प्रहरी मंगलवार नदीजन्य पर्दाथ उत्खनन गर्ने मेसिन तथा टिप्परहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दरौँदी किनारमा अवैध रुपमा ढुङगा, गिटी, वालुवा उत्खनन् भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले दुईवटा व्याकहो लोडर (डोजर) सहित तीनवटा टिप्पर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएका अवैध उत्खननमा प्रयोग भएका मेसिन तथा टिप्परलाई कारवाहीका लागि गोरखा नगरपालिकालाई बुझाइएको छ ।

बाह्रकिलो प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट छेवेटारवाट गएको प्रहरीको टोलीले नदी किनारबाट अवैद्य रुपमा ढुङ्गा, गिटी, वालुवा उत्खनन् गरिरहेको अवस्थामा बा.२ क ८२४७ र अनटेष्ट लेखिएको व्याकहो लोडर र ग १ ख ८२२५, ग १ क ३२९० र बा ५ ख २७८७ नम्बरको टिप्पर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिकाका इन्जिनियर कपिल कोइरालाले नदीको किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको भन्दै आवश्यक कारवाही गर्ने वताउनुभयो । ‘‘नगरपालिकाले यो बर्ष अहिलेसम्म कसैलाई पनि नदीजन्य पदार्थ उत्खनन र घाटगद्दीका लागि अनुमति दिइसकेको छैन, उहाँले भन्नुभयो, ‘‘अवैध उत्खनन भइरहेको अवस्थामा भटिएको मेसिन र टिप्परलाई कानुन वमोजिम कारवाही हुन्छ ।’’

अनुमति नलिइ उत्खनन गरिएको नदीजन्य पर्दाथ विवादित गोरखकाली क्रसर उद्योगमा लगेर थुपारिएको पाइएको उहाँको भनाई छ । ‘‘दुई दिनसम्म लगातार अवैध उत्खनन् गरिएको पाइएको छ, उहाँले भन्नुभयो, ‘‘दोस्रो दिन उत्खनन् गरिहेको अवस्था प्रहरी सहितको टोली पुगेर उत्खनन रोकिएको छ ।’’ क्रसर उद्योगले भाडामा मेसिन तथा ओसारपसारका लागि टिप्पर भाडामा ल्याएर अवैद्य उत्खनन् गरिरहेको अवस्था भेटिएको उहाँको भनाई छ ।

क्रसर उद्योगहरुले दरौदी नदी दोहन गरिरहदा पनि नियमक निकायहरुले कारवाही गर्न नसकेको छेपेटारका स्थानीयबासीहरुको गुनासो छ । ‘‘खुलेआम नदी किनारबाट संयौ टिप्पर ढुङगा, गिटी, वालुवा झिकेर ओसारपसार भइरहेको छ, स्थानीयबासी भोला श्रेष्ठले भन्नुभयो, ‘‘स्थानीय प्रसासनले भने देखे नदेखेजस्तो गरेर टार्ने गरेको छ ।’’ दरौँदी नदीको किनारमा हरेक बर्ष नदीजन्य पदार्थको अवैध दोहन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology