Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमानद्वारा २१ वर्षिया श्रीमतीको हत्या, कारण खोज्दै प्रहरी


868
Shares

श्रीमानद्वारा २१ वर्षिया श्रीमतीको हत्या, कारण खोज्दै प्रहरी

काठमाडौं, १३ चैत । धारिलो हतियार प्रहार गरेर श्रीमानले धारिलो हतियार प्रहारगरि श्रीमतीको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा २२ वर्षिय अनिल विकले २१ वर्षिया श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् ।

विक पर्वतिपुरकै एउटा फ्याक्ट्रीमा काम गर्ने कामदार हुन् । बर्दियाको बाँसगढी घर भएका विक कोहलपुर बस्दै आएका थिए । श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology