Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु


1.5K
Shares

करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु

दाङ, १२ चैत । करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका(१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका(९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो ।

अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार आइतबार बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उनी रुखबाट भूइमा खस्नासाथ उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको मृत्यु भएको अस्पतालका एक कर्मचारी किशोर भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ । चिकित्सकले हेरेपछि शव दाङको तुलसीपुरस्थित घर ल्याउनका लागि तयारी गरिने अस्पतालका कर्मचारी भण्डारीले जानकारी दिनुभयो ।

देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology