गोरखा, १२ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ माम्चेमा ट्याक्टर दुर्घटना हुदाँ चालक गम्भिर घाइते भएका छन् । हिजो राती करिव आठ बजेको समयमा ग १ त ६९२४ नम्वरको ट्याक्टर दुर्घटना हुदाँ चालक गोरखा नगरपालिका–११ सिर्दिखोलाका रविन मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिव एक सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।