Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रिय सभाको महत्व स्थापित गर्न लागिपर्छु स् अध्यक्ष दाहाल


1.6K
Shares

राष्ट्रिय सभाको महत्व स्थापित गर्न लागिपर्छु स् अध्यक्ष दाहाल

चितवन, १२ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई उच्च प्राथमिकता दिने गरेको बताएका छन् ।

यहाँ आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गर्नुभयो । उहाँले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभयो ।

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताउन्ुभयो । ुप्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु, उहाँले भन्नुभयो ।

राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै दाहालले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको जिकिर गर्नुभयो। राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उहाँले भन्नुभयो,ुराष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ।ु राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology