गोरखा, १० चैत । आज शनिबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटनामा परेको हो ।
घाइते ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते हुनेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीय सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीय हुछिआओ ली छन् ।
उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताउनुभयो । उक्त बसमा २६ यात्रु सवार थिए ।