डि बि तामाङ
चितवन, १० चैत : पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले माक्सवाद त पुराण जस्तो घोक्ने कन्ठ गर्ने कुरा नभई बुझेर लागू गर्ने बिषय भएको बताउनु भएको छ। रिर्टनी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन २०८० को चितवनमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । माक्सवादीहरु माक्सको बिचार धारा बाहेक कुनै पनि कुरामा जान नसकिने नेता सापकोटाले जिकिर गर्नुभयो ।
माओवादीबाट नै समाज परिवर्तन गर्नसक्ने हुँदा जनताको अझै चाहाना माओवादी नै रहेको बताउनुभयो । ‘‘माओवादी भनेको चील हो न कि कुखुरा , कुखुरा पाली र पिढिमा रमाउछ तर चील निस्चित समय र अवसरमा बेग हान्ने र गति लिनसक्छ, उहाँले भन्नुभयो, ‘‘माओवादी केन्द्र अहिले त्यहि गतिमा अघि बढीरहेको छ, त्यसैले जनताको विश्वास र भरोस माओवादीमा नै रहेको छ ।’’
नेता सापकोटाले बैचारिक पुर्नगठन, राजनैतिक पुर्नगठनका लागि समाजवादी बिचारधारा आवश्यक रहेको बताउनुभयो । ‘‘अहिले हामीले वाम समिकरण गरेका छौ हिजो हामिले कम्युनिस्ट पार्टी एकता गरेका थियौ तर सफल हुन सकेन, उहाँले भन्नुभयो, ‘‘अहिले समाजमा साँस्कृतिक स्खलन भएको छ, बिचार धाराको बहस गर्नु आबस्यक छ, अहिले संसदमा भएको भाषा शैली यसको उपज हो ।’’
संसदमा कस्तो भाषाशैली प्रयोग गर्ने भन्ने पनि सामान्य सुझबुझ नहुँदा संसदमा अराजकता समेत देखिएको उहाँको तर्क छ । ‘‘अहिले सबै काम गर्न एउटा नेतृत्वको आवश्यक छ, पूर्वसभामुख सापकोटाले भन्नुभयो, ‘‘त्यो रिटर्निहरुले पनि गर्नसक्नुपर्छ ।’’ आत्मनिर्भरताको लागि श्रम, सीप, पुँजी र प्रबिधिको प्रयोग एक रिटर्नि, एक उद्यमी भन्ने नाराका साथ भरतपुरमा सम्मेलन भएको हो ।
बैदेशिक रोजगारीमा रहेका तमाम युवाहरुले यस्तो काम गर्न सक्ने पनि उहाँको तर्क छ । पूर्वसभामुख सापकोटाले एक घर, एक रोजगारी नभएसम्म समाजवाद आउन नसक्ने बताउनुभयो । कार्यक्रम रिटर्नि नेपालका केन्द्रीय संयोजक देबेन्द्र सम्बाहाम्बेको अध्यक्षतामा भएको हो ।