Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घरघरमा स्वच्छ खानेपानी पु¥याउदै अजिरकोट गाउँपालिका : झण्डै ८८ करोड योजना निर्माणको सम्झौता


2K
Shares

घरघरमा स्वच्छ खानेपानी पु¥याउदै अजिरकोट गाउँपालिका : झण्डै ८८ करोड योजना निर्माणको सम्झौता

गोरखा, १० चैत : गोरखाको अजिरकोट गाउँपालिकामा करिब अठासी करोड रुपैयाको लागतमा बृहत पम्पिङ खानेपानी आयोजना निर्माण हुने भएको छ । पालिका भित्रका सवै वडाका नागरिकहरुका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देस्य सहित आयोजना सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

‘अजिरकोटका हरेक परिवारमा स्वच्छ खानेपानीको सहज सुविधा उपलब्ध गराउने योजना गाउँपालिकाको रहेको छ, उहाँले भन्नुभयो, ‘‘यो आयोजनाले सम्पन्न भएपछि यहाँका नागरिकहरुले अहिले भोग्दै आएको खानेपानीको समस्या समाधान हुने विश्वास छ ।’’

आयोजना सञ्चालनका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लम्जुङ र गाउँपालिका बिच सम्झौता भइसकेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । गोरखामा जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्र्तगत अजिरकोटमा बृहत पम्पिङ खानेपानी आयोजना सञ्चालनका लागि सम्झौता भएको उहाँको भनाई छ ।

आयोजना सम्पन्न गर्नका लागि कुल ८७ करोड ७८ लाख ८८ हजार २१ रुपैयाँ ७७ लाग्ने सम्झौता पत्रमा उल्लेख छ । आयोजनाको निर्माणका लागि संघीय सरकारबाट ७९ करोड ९९ हजार २ सय १९ रुपैयाँ ५९ पैसा प्राप्त हुनेछ भने उपभोक्ता समिति मार्फत पनि ८ करोड ७७ लाख ८८ हजार ८ सय २ रुपैयाँ ८८ पैसा खर्च हुने उहाँले बताउनुभयो ।

उक्त आयोजना सम्पन्न भएसंगै गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका सवै वडाका गरी ३७ सय भन्दाबढी घरघुरी परिवारमा स्वच्छ खानेपानीको सुविधा पुग्ने गाउँपालिका अध्यक्ष देवकोटाले बताउनुभयो ।

‘‘लक्षित सवै घरघुरीमा २४ सै घण्टा स्वच्छ खानेपानीको सुविधा आयोजना सम्पन्न भएपछि उपलब्ध हुनेछ, उहाँले भन्नुभयो, ‘‘सम्झौता भएसंगै अव आयोजना निर्माणको काम तत्काल अगाडी बढाउने तयारी भइरहेको छ ।’’ गोरखा र लमजुङको सिमानामा रहेको दुध पोखरीको फेदीबाट पानी ल्याएर वितरण गर्ने गरी बृहत पम्पिङ खानेपानी आयोजना निर्माण गर्न लागिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

‘‘मुख्य पाइप लाइन मात्रै पनि ४६ किलोमिटर लम्बाइको हुनेछ, उहाँले भन्नुभयो, आयोजनाबाट पालिका भित्रका सवै वडामा खानेपानीको सुविधा पुग्नेछ ।’’ आयोजना निर्माणका लागि सोमवार सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट अध्यक्ष देवकोटा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङको तर्फबाट आयोजना प्रमुख नरेश रेग्मीले हस्ताक्षर गर्नुभएको हो ।….दीपक श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology