Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे


2.8K
Shares

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

काठमाडौं, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।
सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको पुष्टि गर्नुभयो । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उहाँको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो । सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमतिसम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो । उनले विमानस्थल भन्सारले नियन्त्रणमा लिएको सुनसहितको विद्युतीय सिगरेट भेप छुटाउनलाई भन्सार कर्मचारीलाई दबाब दिएको समेत खुलेको थियो ।

उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । महरालाई भने सीआईबीले यसअघि प्रतिवादी बनाएको थिएन । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology