Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अफगानिस्तानमा आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, इस्लामिक स्टेटले लियो जिम्मा


1.1K
Shares

अफगानिस्तानमा आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, इस्लामिक स्टेटले लियो जिम्मा

काठमाडौं,९ चैत । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट आईएसले लिएको छ ।

अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विस्फोट भएको थियो ।

बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ ।

विस्फोटमा परेकाहरुको उपचार कान्दहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसमा भइरहेको छ । बीबीसीले यो घटना यस वर्षको सबैभन्दा ठूलो विस्फोटको घटना हुन सक्ने पनि जनाएको छ । कान्दाहार तालिबान सत्ताको केन्द्र हो । तालिबानका सुप्रिम कमाण्डर यहीं रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology