Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा नौ महिनामा एकसय १३ साना तथा घरेलु उद्योग बन्द


1.4K
Shares

गोरखामा नौ महिनामा एकसय १३ साना तथा घरेलु उद्योग बन्द

गोरखा, ९ चैत । गएको नौ महिनाको अवधीमा गोरखा जिल्ला भित्र सञ्चालित एकसय १३ वटा साना तथा घरेलु उद्योगहरु बन्द भएका छन् । कोरोना महामारीपछि खुलेका उद्योगहरुले नाफा कमाउन नसकेपछि धमाधम बन्द हुन थालेको पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुुजलले जानकारी दिनुभयो ।

‘‘गएको साउन महिनादेखि फागुनको मसान्तसम्म मात्र एकसय १३ वटा जिल्ला भित्र खोलिएका उद्योग तथा बाणिज्य तर्फका साना तथा घरेलु उद्योगहरु बन्द भएका छन्, उहाँले भन्नुभयो, ‘‘ पछिल्लो समय उद्योग बन्द गरेर रोजगारीका लागि बैदेशिक रोजगारीमा जाने क्रम बढेको पाइएको छ ।’’

साना तथा घरेलु उद्योगीहरुले सञ्चालन गरेका व्यापार घाटामा जाने र पुँजी चलायमान नहुँदा उद्योगहरु बन्द हुन थालेको प्रमुख भुजेलको भनाई छ । ‘‘अधिकांस युवाहरु स्वदेशमा राम्रो कमाइ भएन भनेर विदेशिने गरेका छन्, उहाँले भन्नुभयो, ‘युवाहरु विदेश पलायन हुँदा स्थानीय उद्योगहरुमा काम गर्ने जनशक्तिको पनि अभाव हुने गरेको छ ।’’

कार्यालय प्रमुख भूजेलले साना उद्योगहरु बन्दहुनुमा आन्तरिक बसाईसराई पनि प्रमुख कारण भएको बताउनुभयो । कोरोना संक्रमणले थलिएको अर्थ व्यवस्था उकास्न बैंक तथा बित्तीय संस्थाहरु र लगानीकर्ताहरुबाट सहज ऋण लगानीको वातावरण नहुँदा पनि साना तथा घरेलु उद्योगहरु बन्द हुने क्रम बढेको उहाँको भनाई छ ।

बन्द भएका मध्ये बाणिज्य तर्फका ७३ र उद्योग तर्फ पर्यटनमुलक, सेवामुलक र उत्पादनमुलक क्षेत्रका ६० वटा उद्योग रहेका छन् । ‘‘पैसा भएकाहरुले पनि घाटा हुने डरका कारण लगानी गर्न चाहादैन, प्रमुख भुजेलले भन्नुभयो, ‘एकातिर दोहोरो कर प्रणाली अनि अर्को तिर ब्यापार व्यवसाय गर्न कोही कसैले पनि ऋण लगानी गर्न नचाहेपछि उद्योगीहरुले पनि उद्योग बन्द गर्नुको अर्को बिकल्प नभएको बताउने गरेका छन् ।’’

साना लगानीका उद्योगहरु सञ्चालन गर्दा उद्योगीहरुले स्थानीय तहमा पनि दर्ता गर्नुपर्ने र कर तिर्नेपर्ने बाध्यता छ, उहाँले भन्नुभयो, ‘‘अनि हामीकहाँ पनि दर्ता गर्नुपर्ने र कर तिर्नुपर्ने बाध्यता उद्योगीहरुलाई छ, यसले लगानीकर्ताहरुलाई निरुत्साहित बनाउने गरेकाले झन्झट व्यहोर्नुभन्दा बन्द गरेर विदेशिन सजिलो ठान्ने गरेको पनि पाइन्छ ।’’

चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा कार्यालयमा ७ हजार २ सय साना उद्योग दर्ता भएका छन् । जसमध्ये ५ हजार ८ सय ९३ वटा बाणिज्य तर्फका साना उद्योगहरु रहेका रहेको कार्यालयका सूचना अधिकारी अधिकारी सम्सुदिन मियाँले जानकारी दिनुभयो । पर्यटन तथा घरेलु उद्योग कार्यालयले जिल्ला भित्र १५ करोडसम्मका उद्योगहरुलाई दर्ता गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology