Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

४ जना मृतावस्थामा फेला


2.7K
Shares

४ जना मृतावस्थामा फेला

काठमाडौं, ९ चैत । चार जना मृतावस्थामा फेला परेका छन् । दोलखाको बिगु गाउँपालिका(५ आलडाँडा बस्ने ५२ वर्षीय तारा बहादुर बयलकोटी सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सर्लाहीको बसबरिया गाउँपालिका(१ विर्ता टोल बस्ने ४५ वर्षीय जयमंगल राय पनि सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका(७ अमरसिंह चोकस्थित खाली जग्गामा अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी अछामको तुर्माखाद गाउँपालिका(१ टुणास्थित कर्णाली नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । चार वटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology