Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मुटुमा समस्या भएको शंका लागेमा के परीक्षण गर्ने, कति लाग्छ खर्च ?


1.5K
Shares

मुटुमा समस्या भएको शंका लागेमा के परीक्षण गर्ने, कति लाग्छ खर्च ?

डा. कमल शर्मा लम्साल
काठमाडौ, ८ चैत । इको, ईसीजी, एन्जियोग्राम, टीएमटी । यस्ता धेरै किसिमको परीक्षण मुटुको परीक्षणको क्रममा तपाईंले सुन्नुभएको हुनसक्छ । मुटुमा केही समस्या भएमा वा शंका भएमा चिकित्सकले विविध परीक्षण गराउन सिफारिस गर्न सक्छन् ।

स्वस्थ व्यक्तिले समस्या नहुँदा पनि समय मिलाएर वर्षमा एकपटक मुटुको परीक्षण गर्दा समस्या देखा परिहालेमा छिट्टै उपचार गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

हल्का काम गर्दा पनि स्याँ(स्याँ भइहाल्ने, बढी थकान अनुभव हुनु, सास लिन समस्या हुनु, मुटुको धड्कन तीव्र हुनु, चक्कर आउनु, छाती दुख्दै बायाँ पाखुरातर्फ सर्दै जानु जस्ता लक्षण देखिएमा तत्काल मुटुको परीक्षण गराउनुपर्छ ।

के कस्ता परीक्षण कुन अवस्थामा गर्ने ?

ईसीजी

इलेक्ट्रो कार्डियोग्राम ९ईसीजी० भनेको मुटुमा हुने विभिन्न गतिविधि र अवस्थालाई विद्युतीय उपकरणको माध्यमबाट ग्राफमा व्यक्त गर्ने परीक्षण हो । यसरी ग्राफमा व्यक्त भएको जानकारीबाट मुटुमा देखिएको समस्याको संकेत प्राप्त हुन्छ । जसबाट मुटुको धड्कनको समस्या, मुटुको कार्यको अवस्था, मुटुको गति लगायत मुटुको विविध विषयमा समष्टिगत जानकारी प्राप्त हुन्छ ।

छाती दुखेर बायाँतर्फ सरेमा वा मुटुको चाल अनियमित भएमा वा अन्य शंका लागेमा नजिकैको अस्पताल वा स्वास्थ केन्द्रमा ईसीजी गराउनुपर्छ । किनकि यो परीक्षणले हृदयघात हुन लागेको अवस्था पनि पत्ता लगाउँछ ।

कति लाग्छ खर्च ?

परीक्षण शुल्कको कुरा गर्ने हो भने औसतमा तीनदेखि चार सय रुपैयाँ पर्छ । यद्यपि, अस्पतालअनुसार शुल्कमा केही तलमाथि हुनसक्छ ।

कार्डियाक ईन्जाइम 

हदयघात हुँदा मुटुका भागहरु सुन्निएर क्षति पुगेको वा मुटुका मांसपेशीमा असर पुगेको छ कि छैन भनेर थाहा पाउन कार्डियाक ईन्जाइमको परीक्षण गरिन्छ । उक्त परीक्षणमा रगतबाट प्रोटिनको स्तर जाँच हुन्छ । जसबाट कति छिटो अन्य उपचार गर्नुपर्ने हुन्छ भनेर पत्ता लाग्छ । यो परीक्षण हृदयघात हुँदा वा यसको आशंका हुँदा गरिन्छ ।

यो परीक्षणको लागि खर्च एक हजारदेखि दुई हजार रुपैयाँ जति लाग्छ ।

इको कार्डियोग्राम 

ईसीजीमा नतिजा स्पष्ट नदेखिएको खण्डमा इलेक्टो कार्डियोग्राम गरिन्छ । यस परीक्षणमा मुटुको ध्वनि तरंगहरू हेरेर मुटुको कार्यसंरचना जाँच गर्न प्रयोग गरिन्छ । मुटु र मुटुको भल्बमार्फत रगतको प्रवाहको जानकारी यस परीक्षणबाट पाउन सकिन्छ ।

इको कार्डियोग्रामले मुटुको भल्बमा वा मुटुको पम्प गर्ने क्षमतामा कुनै खराबी छ कि छैन भनेर पहिचान गर्छ । जसबाट भल्बहरु सुन्निएको, साँघुरिएको र पम्पको अनियमितता भएको पत्ता लगाई यसको लागि आवश्यक उपचारको संकेत गर्छ । हृदयघातपछि देखिन सक्ने जटिलता पनि यसले देखाउँछ ।

यो वर्षमा एकपटक गर्नुपर्ने सामान्य परीक्षणअन्तर्गत पर्छन् । यस परीक्षणले मुटुमा कुनै समस्या आएको शंका लाग्यो, हदयघात हुन लाग्यो, भइसक्यो वा हृदयाघात र भइसकेपछि देखिने जटिलता पत्ता लगाइन्छ ।

शुल्क कति लाग्छ ?

यो परीक्षणको लागि एक हजार देखि १५ सय रुपैयाँसम्म शुल्क लाग्न सक्छ ।

कोरोनरी एन्जियोग्राम

हृदयघातको शंका लाग्यो तर ईसीजी र इको कार्डियोग्रामबाट मुटुको अवस्थितिको स्पष्ट नतिजा आएन भने कोरोनरी एन्जियोग्राम गरिन्छ । यसले मुटुको धमनीमा के कस्तो अवरोध आएको छ भन्ने जानकारी दिन्छ ।

टिल्ट परीक्षण 

सुतिरहेको व्यक्ति उभिंदा रक्तचाप र मुटुको गति फरक हुन्छ । यी दुवैको निगरानी टिल्ट परीक्षणको क्रममा गरिन्छ ।

हल्का टाउको दुख्ने वा चक्कर लाग्ने जस्ता लक्षणहरू रक्तचाप वा मुटुको दर, चालसँग सम्बन्धित छन् कि छैनन् भनी छुट्याउन यो परीक्षण डिजाइन गरिएको हो ।

टीएमटी परीक्षण 

ट्रेडमिल टेस्ट टीएमटी परीक्षणका लागि ट्रेडमिलमा हिंडाएर ईसीजी गरिन्छ । छातीको दुखाइ भइरहेको छ वा हृदयघातको शंका लाग्यो भने यो परीक्षण गरिन्छ । विशेषगरी मधुमेह र उच्च रक्तचाप भएको बिरामीमा हृदयघातको शंका भएमा यो परीक्षण गरिन्छ ।

यो परीक्षणले व्यक्ति दौडिंदा वा छिटो हिंड्दा मुटुमा के समस्या छ त्यो पत्ता लगाउँछ । मुटुमा आंशिक अवरोध भए, नभएको पत्ता लाग्छ ।

खर्च

यो परीक्षणको शुल्क एक हजारदेखि १५ सय रुपैयाँ लाग्छ ।

एमआरआईरसीटी स्क्यान

एन्जियोग्राफीले मुटुको धमनी र भल्बमा भएको समस्या राम्रोसँग देख्न सकेन भने एमआरआई गरिन्छ । यसले मुटुको सबै भाग र रक्तसञ्चारलाई स्पष्ट देखाउँछ । र, त्यहाँको समस्या पत्ता लगाउँछ । अन्य परीक्षणले मुटुको समस्या पत्ता नलागेको केसमा मात्र एमआरआई गरिने भएकाले यो परीक्षण सबैलाई आवश्यक पर्दैन ।

त्यस्तै, सीटी स्क्यानले मुटुभित्रको सम्पूर्ण अवस्थालाई अवलोकन गर्छ । यी दुवै परीक्षण गम्भीर खालको अवस्थामा मात्र आवश्यक हुन जान्छ ।

खर्च

एमआरआईको खर्च १० देखि १५ हजार रुपैयाँसम्म लाग्न सक्छ । जुन अस्पताल र मेसिनअनुसार फरक पर्न जान्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology