काठमाडौ, ८ चैत । नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने भनेको अभियान स्थगित गरेको छ । मंगलबार बसेको पदाधिकारी बैठकले तयारी नपुगेको भन्दै अभियान स्थगित गरेको हो ।
महासचिव देव गुरूङ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पार्टी सदस्यहरूलाई पठाएको सर्कुलरमा ‘पूर्व निर्धारित तराई–मधेश जनजागरण अभियान हुलाकी राजमार्ग केन्द्रित र हिमाल– पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रम तयारी नपुगेको कारण हाललाई स्थगित गरिएको’ उल्लेख छ ।
यसअघि गत फागुन १ देखि ३ गतेसम्म काठमाडौंमा भएको विधान अधिवेशनले चैत १ देखि १५ सम्म हुलाकी राजमार्ग र वैशाख १ देखि १५ सम्म हिमाल(पहाड(तराई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।