Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य हालसम्मकै उच्च : एकै दिन तोलामा २ हजार ६ सय बढ्यो


1.5K
Shares

सुनको मूल्य हालसम्मकै उच्च : एकै दिन तोलामा २ हजार ६ सय बढ्यो

काठमाडौं, ८ चैत । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय कायम भएको छ ।

बुधबार छापावल सुन प्रतितोला १ लाख २५ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च भएको छ ।

चाँदी आज प्रतितोला १ हजार ५ सय ५५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology