Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रतिनिधि सभा बैठक १० दिन रोकेर सभामुख र प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड जाँदै


1.3K
Shares

प्रतिनिधि सभा बैठक १० दिन रोकेर सभामुख र प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं, ७ चैत । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ । सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ ९आइपियू० को बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने कार्यक्रम छ।

यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि साथै जानेछन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख सहितको टोली बिहीबार आइपियूमा गएर चैत १६ गते फर्किने कार्यक्रम छ । सभामखुसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology