Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्षमा गोरखाका परियार निर्वाचित


2.5K
Shares

जिल्ला परिषद् ३२५ जे नेपालको उपाध्यक्षमा गोरखाका परियार निर्वाचित

गोरखा, ६चैत । लियो जिल्ला परिषद् ३२५ जे नेपालको लायन बर्ष २०२४–२५ का लागि गोरखाका लियो बालकृष्ण परियार उपाध्यक्षमा निर्वाचित हुुनुभएको छ ।

चैत्र ३ गते भएको जे नेपालको दोश्रो बार्षिक जिल्ला लियो जिल्ला परिषद् ३२५ जे नेपालको तेस्रो काउन्सिल बैठक तथा दोश्रो जिल्ला अधिवेशनबाट बर्ष २०२४÷२५ को उपाध्यक्षमा शतप्रतिशत मत प्राप्त गर्दै उहाँ विजयि बन्नुभएको हो ।

अधिवेशनबाट बर्ष २०२४÷२५ को अध्यक्षमा लियो क्लब अफ काठमाण्डौँ उपकारका सबिन भट्टराई चयन हुुनभएको छ । परियार लायन्स क्लव अफ गोरखाले स्पोन्सर गरेको लियो क्लव अफ गोरखामा लायन बर्ष २०१५–१६ मा आवद्ध भएर सामाजिक क्षेत्र र संस्थागत रुपमा अगाडि बढ्दै बर्ष २०२२–२३ मा परियार लियो क्लव अफ गोरखाको अध्यक्ष हुुनभएको थियो ।

उहाँ क्लवमा अध्यक्ष हुँदा जिल्लामा नै उत्कृष्ट सामाजिक क्लवहरुमा चिनाउन सफल परियार अहिले बर्ष २०२३–२४ मा लियो जिल्ला परिषद् ३२५ जे नेपालको सचिव पदमा कार्यरत हुनुुहुन्छ ।

उहाँ अहिले नेपाल टेलरिङ व्यवसायी महासंघ गण्डकी प्रदेशमा अध्यक्ष तथा गोरखा टेलरिङ व्यवसायी संघ गोरखाको निवर्तमान अध्यक्ष र सचेत तथा बुद्धिजिवि युवा संजाल गोरखाको पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology