Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

बाग्लुङ बस दुर्घटनामा गोरखाकी एक महिलाको ज्यान गयो


8.4K
Shares

बाग्लुङ बस दुर्घटनामा गोरखाकी एक महिलाको ज्यान गयो

गोरखा, ६ चैत । बाग्लुङमा हिजो भएको बस दुर्घटनामा गोरखाको एक जनाको पनि ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये गोरखाकी गीता थापा समेत रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिनुभयो ।

पूर्वी रुकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गबाट तल खसेको थियो ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखका कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको पनि मृत्यु भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology