Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन


2K
Shares

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ, ६ चैत । वरिष्ठ साहित्यकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । दुई दर्जनभन्दा बढी कृति लेख्नुभएका प्रधानको आज अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।

उहाँका छोरा प्रतीक प्रधानले बुवाको निधन भएको पुष्टि गर्दै बिहान ९ बजेसम्म काठमाडौँको राधामोहन मार्ग(२० मा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने र साढे ९ मा पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

विसं २ हजार साल माघमा भोजपुरमा जन्मिएका प्रधान सुरुमा शिक्षा र त्यसपछि लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा रहेर साहित्यमा सक्रिय हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology