Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अनलाइन क्यासिनो खेलाउने चार जना पक्राउ


1.9K
Shares

अनलाइन क्यासिनो खेलाउने चार जना पक्राउ

काठमाडौँ, ६ चैत्र । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभेपलाञ्चोक घर भई हाल काठमाडौँको चाबहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई चाबहिल बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर भई हाल गोकर्णेश्वर बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोट घर भई गोकर्णेश्वर घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार क्यास एप, फायरकर्लिनजस्ता एपमार्फत अनलाइन बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी खेल खेलाउने गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन खेल खेलाउन प्रयोग भएका ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology