Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नाबालिका बलात्कार प्रयास आरोप लागेका गोरखाका सिताराम पुर्पक्षकालागि कारागार चलान


1.9K
Shares

नाबालिका बलात्कार प्रयास आरोप लागेका गोरखाका सिताराम पुर्पक्षकालागि कारागार चलान

गोरखा, ६ चैत्र । फागुन ९ गते नाबालिका बलात्कार प्रयास आरोपमा पक्राउ परेका सलाङ गिरीका सिताराम भन्ने दलबहादुर बिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आरोपित बिकले स्थानिय ७ र ९ बर्षियाबा बालिकालाई जबरजस्ती करणी प्रयासका लागि घर नजिकै रहेको जंगलमा लगेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–१४ देउराली, सलाङ गिरीका विकले फागुन ९ गते दिउसो ११ बजेको समयमा दुवै बालिकालाई झरौटे धारा बनमा लगेर बलात्कार प्रयास गरेको भन्ने बालिकाको आमाले प्रहरीले निवेदन दिएका थिए । फागुन १० गते पक्राउ परेका बिकलाई प्रहरीले बृहत्त अनुसन्धान गरी सरकारी वकिल मार्फत चैत्र ५ गते सोमबार गोरखा जिल्ला अदालत पेश गरेको थियो । अदालको आदेशले विकलाई पुर्पक्षका लागि गोरखा कारागार चलान गरिएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology