Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

चैत्र ७ गते १ दिनका लागि मनकामना केबलकार बन्द हुने


1.2K
Shares

चैत्र ७ गते १ दिनका लागि मनकामना केबलकार बन्द हुने

गोरखा, ५ चैत्र । नियमीत मर्मत संभारका लागि आगामी बुधबार १ दिन मनकामना केबलकार बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले चैत ७ गते १ दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रवन्धक उज्वल शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार केबल रहेका टावर मघ्ये टावर नम्बर ३, १२, १३ र १४ को नियमित मर्मतसम्भार हुन लागेको हो । मर्मत लगत्तै चैत ८ गते बिहीबार बिहानैदेखि नियमित सञ्चालनमा आउने र यात्रुलाई सेवा दिने नायब महाप्रबन्धक शेरचनले बताउनुभयो ।

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ग्रायता दिदै आएको छ । प्रालिले प्रत्येक ४÷४ महिनामा केबुलकारको मर्मत गर्ने गर्दछ । केबुलकार तल्लो स्टेशन चितवनको चेरेश र माथिल्लो स्टेशन गोरखाको मनकामना मन्दिर नजिकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology