Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतीय मुसलमानलाई नागरिकता संशोधन कानूनबाट नडराउन गृहको आग्रह


1K
Shares

भारतीय मुसलमानलाई नागरिकता संशोधन कानूनबाट नडराउन गृहको आग्रह

काठमाडौँ, ३० फागुन । भारतीय गृह मन्त्रालयले सोमबार ९फागुन २८– मार्च ११० देखि लागू भएको नागरिकता संशोधन कानून ९सिटिजनशिप अमेन्डमेन्ट एक्ट – सीएए० बाट नडराउन भारतीय मुसलमान समुदायलाई आग्रह गरेको छ ।

केन्द्रीय गृह मन्त्रालयले मंगलबार स्पष्ट पार्दै सीएएबाट १८ करोड भारतीय मुसलमानहरु डराउने कुनै पनि अवस्था नरहेको बताएको हो ।

मुसलमान र हिन्दूहरुको नागरिकता तथा अन्य समुदायमा कुनै भेदभाव नरहेकोसमेत मन्त्रालयले स्पष्ट पारेको छ । मंगलबार गृह मन्त्रालयले वेब पोर्टल लन्च गरेको छ । सरकारले लागू गरेको यो कानूनले पाकिस्तान, बंगलादेश, अफगानिस्तानबाट आएका गैर मुस्लिम शरणार्थीलाई नागरिकता दिन मिल्नेछ ।

लोकसभा चुनाव भन्दा अगाडि नरेन्द्र मोदी सरकारले ठूलो साहस बटुल्दै सीएए जारी गरेको जानकारी दिएको हो । केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गर्दै सोमबारदेखि नै सीएए लागू भएको जनाएको हो ।

सीएए संसदबाट पारित भएको पाँच वर्ष पूरा भएको छ । सन् २०१९ मा यो कानून संसदबाट पारित भएको थियो । यद्यपि सरकारले अहिलेसम्म लागू गर्न सकेको थिएन ।

सीएएको आधारमा २०१४ को डिसेम्बर ३१ भन्दा अगाडि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट धार्मिक आधारमा प्रताडित भएर भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र ईसाई समुदायका मानिसहरुलाई नागरिकता दिइने छ । यी तीन देशबाट आएका मानिसहरुमात्र नागरिकताका लागि आवेदन दिन योग्य हुने छन् ।

नागरिकताका लागि आवेदन प्रक्रिया अनलाइन हुनेछ । आवेदकले भारत कहिले आएको हो भर्नुपर्नेछ । राहदानी वा अन्य कुनै दस्तावेज नहुनेलेसमेत आवेदन भर्न पाउँछन् ।

भारतमा पाँच वर्षभन्दा बढी समय बसेकाले नागरिकता पाउने पनि उल्लेख छ । अन्य विदेशीहरु मुस्लिमका लागि यो समय ११ वर्षभन्दा बढीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology