Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

घाँटी रेटिएको अवस्थामा बाराका युवकको शव भेटियो


1.3K
Shares

घाँटी रेटिएको अवस्थामा बाराका युवकको शव भेटियो

सुर्खेत, २९ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एकजना युवकको शव भेटिएको छ । मंगलबार दिउँसो बारा घर भई वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने करिब ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलबाट रगत लागेको चुलेसीसमेत बरामद भएको छ । प्रहरी स्रोतका अनुसार मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको हो ।

यस्तै, अहिले उक्त शवलाई सुरक्षित राखिएको र परिवार आएपछि हामी थप प्रक्रिया अगाडि बढ्ने प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवक चार वर्षदेखि सुर्खेतमा टायल तथा मार्बल फिटिङको काम गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology