Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा यस बर्ष १३ करोडभन्दा बढीको सुन्तला बिक्री


1.5K
Shares

गोरखामा यस बर्ष १३ करोडभन्दा बढीको सुन्तला बिक्री

गोरखा, २९ फागुन । गोरखा जिल्लामा यस वर्ष १३ करोड ५० लाख रुपियाँको सुन्तला कारोबार भएको छ । गत वर्षको तुलनामा यस वर्ष करिब चार करोडको सुन्तलाको कारोबार भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ गोरखाका कृषि अधिकृत रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।

गोरखामा सुन्तला आठ सय १५ हेक्टर क्षेत्रफल जमिनमा लगाउने गरिएको छ । जसमा गत वर्ष ९६५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष बढेर २२५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ कार्यालय गोरखाले जनाएको छ ।

किसानले यसपाली सुन्तला उत्पादनसँगै बजार भाउ पनि राम्रो पाएका छन् । यस वर्ष किसानले ठेकदारलाई नदिई आफैं गोरखा, पोखरा, चितवन र काठमाडौंमा लगेर बिक्री गरेकाले पनि किसानले ९० देखि १२० रुपियाँसम्म बिक्री गर्दा राम्रो मूल्य पाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालयका कृषि अधिकृत पौडेलको भनाइ छ ।

कार्यालयले सुन्तला उत्पादन बढाउनका लागि पुरानो बगैँचा व्यवस्थापन कार्यक्रम लागु गर्दै आएको छ । जस अन्तर्गत सक्ष्म तत्व, रोगनाशक विषादी, प्राङ्गारिक मल लगायतमा ५० प्रतिशतम अनुदान उपलब्ध गराउँदै आएको कृषि अधिकृत रवीन्द्र पौडेलले बताउनुभयो ।

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने शहिद लखन गाउँपालिका(२,४,५ र ६ नम्बर वडामा झण्डै एक हजार हेक्टर जमिनमा सुन्तला खेती हुन्छ । त्यसबाहेक गोरखा नगरपालिकाको १,३,४ र ५ वडा, गण्डकी गाउँपालिकाको २,४ र ६ नम्बर वडा, भीमसेन थापा गाउँपालिकाको ६ र ३ नम्बर वडा, र पालुङटार नगरपालिकाको ९ र १० नम्बर वडा सबै गरी १२ सय हेक्टर जमिनमा सुन्तला खेती उत्पादन गरिन्छ ।

चक्लाबन्दी कार्यक्रमलाई पनि कार्यालयले निरन्तरता दिएको छ । चक्लाबन्दी गरेर खेती बिरबा सार्ने, खाल्डोमा मलहाली क्षेत्र विस्तार गर्नै किसानलाई कार्यालयले ८५ प्रतिशत अनुदानमा सुन्तला लगाएको ठाउँमा जोत्न वा खेती गर्न हाते ट्याक्टर, हाँगा काट्ने आरी,फल टिप्ने भ–याङ र ढुवानीको लागि जम्मा पर्नै क्रेट ८५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको कृषि अधिकृत पौडेलले बताउनुभयो ।

शहिद लखन गाउँपालिका – ४ सुन्तला खेती गर्दै आउनुभएका किसान ध्रुव खनानले भन्नुभयो, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाले समयमै आवश्यक दक्ष प्राविधिक उपलब्ध गराई मल र सिँचाइ गर्ने वातावरण उपलब्ध गराउने हो भने पनि सुन्तला उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।”

त्यस्तै, सुन्तला किसान शहिद लखन गाउँपालिका ५ नुना थापाले पुराना बोटलाई विस्थापित गरेर नयाँ बिरुवा लगाउने हो भने पनि सुन्तला उत्पादनमा निकै वृद्धि हुने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology