काठमाडौं,२७ फागुन । बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म शैतानले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शैतानले अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको हो । १५ करोड २१ लाख भारू कमाउँदै फिल्मले उक्त रेकर्ड राखेको छ ।
ुशैतानु ले अजयको फिल्म ुतान्हाजीु को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो। भारतीय बक्स अफिसमा तान्हाजीले पहिलो दिन १५ करोड १० लाख भारू कमाएको थियो ।
अजयको सर्वाधिक कमाइ गर्ने फिल्म हो सिंघम रिटर्न्स। दोस्रो फिल्म गोलमाल अगेन, तेस्रो टोटल धमाल र चौथो दृश्यम २ हो ।
विकास बहलले निर्देशन गरेको फिल्म ुशैतानु मा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायत कलाकारको अभिनय छ।
अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माण रहेको फिल्ममा संंजिव जोशी, अमृत दलमिया सह(निर्माता छन् ।