Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रोजगारीको सिर्जना गर्ने नसके नेपाल बृद्धाश्रममा परिणत हुने : मुख्यमन्त्री पाण्डे


1.2K
Shares

रोजगारीको सिर्जना गर्ने नसके नेपाल बृद्धाश्रममा परिणत हुने : मुख्यमन्त्री पाण्डे

गोरखा,२७ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब पनि रोजगारी र्सिजना गर्न नसके नेपाल बृद्वाश्रममा परिणत हुने बताउनुभएको छ । गृह जिल्लाको गोरखा उद्योग बाणिज्य संघको स्वर्ण जयन्ती २०८० को उदघाट्न गर्दै मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले ‘स्वदेशमा रोजगारी र्सिजना गर्न नसक्दा दैनिक हजारौं मानिस विदेश पलाएन भएको’ भन्दै उहाँले ‘अब पनि रोजगारी र्सिजना गर्न नसके देशमा युवाहरु नहुने र देश बृद्वाश्रममा परिणत हुने अवस्थाम आएको छ’ भन्नुभयो।

संघका संस्थापक अध्यक्ष स्व.चुडानारायण किशुनबावु श्रेष्ठको अर्ध कधको शालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले आफु सत्तामा रहदासम्म उद्योगी ब्यवसायीसंग सहकार्य र सहयोग गदैजाने बचन दिनुभयो । तर आफुले गण्डकी प्रदेशको सत्ता सम्हालेदेखी हालसम्म पनि कुनै पनि उद्योगी ब्यवसायी आजसम्म सहयोग माग्न नआएको गुनासो समेत गर्नुभयो।

उहाँले ‘तपाईहरुकैलागि भनेर १ अर्ब रुपैयाँ छुट्टाएर राखेका छौ तर तपाईहरु आउनु हुन्न’ भन्दै उहाँले ‘आजसम्म पनि कुनैपनि उद्योगी ब्यवसायीले त्यो रकम यस्तो ठाउँमा प्रयोग गरौ भनेर भन्न आएको छैन’ भन्नुभयो। उहाँले कानूनी अडचन भए कानून नै आफैले बनाएर सरकार संग सहयोग माग्न आउन भन्दै अब नयाँ सिराबाट अगाडी बढ्नुपर्ने आवश्यता औल्याउनुभयो ।

मुख्यमन्त्री पाण्डेले उक्त अवशरमा गोरखा उद्योग बाणिज्य संघले पहिचान गरेको विभिन्न ब्यवसायीहरुलाई दोसल्ला र प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका हालै निर्वाचित राष्ट्रिय सभा सदस्य किरणबावु श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल, नेपाली काँग्रेसका प्रदेश साँसद नन्दप्रसाद न्यौपाने तथा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले कार्यक्रममा शुभ कामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology