Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मिस वर्ल्डको फिनाले आज बेलुका, प्रियंका भन्छिन् उत्कृष्ट दिने प्रयास गर्नेछु


1.4K
Shares

मिस वर्ल्डको फिनाले आज बेलुका, प्रियंका भन्छिन् उत्कृष्ट दिने प्रयास गर्नेछु

काठमाडौं, २६ फागुन । ७१ औं मिस वर्ल्डको फिनाले नेपाली समयानुसार आज बेलुका ७ः४५ बजेदेखि भारतको मुम्बईमा हुँदैछ । उपाधिका लागि नेपालसहित ११५ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईको जियो कन्भेन्सन सेन्टरमा हुने फिनालेमा नेपालबाट प्रियंकारानी जोशीले सहभागिता जनाएकी छन् । ‘ब्युटी विथ अ पर्पस’ विधाको एसियाली विजेताको रुपमा नेपाल उत्कृष्ट ४० मा प्रवेश गरिसकेको छ ।

‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्युटी विथ अ पर्पस’ विधामा प्रियंकाको बलियो उपस्थितीले अवश्य पनि नेपाल दाबेदार हो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले समारोह होस्ट गर्नेछन् । सान मुखर्जी, नेहा कक्कर, टोनी कक्कर, टोनी एन सिंहले प्रस्तुति दिँदैछन् ।

फिनालेको सुरुमा ४० प्रतिस्पर्धी छनोट हुनेछन् । त्यसपछि १२ सेमिफाइनलिस्ट तय हुनेछन् । अनि उत्कृष्ट ८ को घोषणा हुनेछ । त्यसपछि प्रत्येक महादेशबाट विजयी हुँदै उत्कृष्ट ४ घोषणा हुनेछन् । उत्कृष्ट चारबाट एकजना फस्ट रनरअप र विजेता घोषणा गर्ने सूची छ ।
प्रियंकाले फिनालेलाई लिएर आफू आशावादी र आत्मविश्वासी रहेको महसुस गरेको बताउनुभयो । उहाँले मुलुकको लागि उत्कृष्ट दिने प्रयास हुने बताउनुभयो। सोनीलिभले फिनालेको प्रत्यक्ष स्ट्रिमिङ गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology