Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

महाशिव रात्रीका दिन गोरखामा ब्रह्मा कुमारीको त्रिदिवशीय कार्यक्रम


1.7K
Shares

महाशिव रात्रीका दिन गोरखामा ब्रह्मा कुमारीको त्रिदिवशीय कार्यक्रम

गोरखा, २४ फागुन । भोली महाशिव रात्री तथा नारी दिवश । ब्रह्मा कुमारी विश्व बिद्यालय गोरखा शाखाले आजदेखी ३ दिन विशेष कार्यक्रम गरेर मनाउदै छ ।
गोरखा शाखाकी सञ्चालिका पबित्राका अनुसार महाशिव रात्री र नारी दिवशलाई यस पटक विशेष गरी मनाउन लागिएको हो । उहाँका अनुसार आजै साँझ ४ बजेदेखी ६ बजेसम्म सदरमुकामको कवर्ड हलमा राजयोग साधना अभ्यास शिविर सञ्चालन हुने छ ।

शुक्रबार परेको महाशिव रात्रीको शुभ अवशरमा भने शाखाले २ भिन्न प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । सञ्चालिका पबित्राका अनुसार दिउसो १२ बजेदेखी २ बजेसम्म ‘खुशीयाली जीवनको लागि दुब्र्यसन मुक्त जीवन शैली’ र राजयोग साधना’ सम्वन्धी २ वटा प्रशिक्षण कार्यक्रम राखिएको छ । दुब्र्यसनका बारेमा रमन र राजयोगका बारेमा पबित्राले प्रशिक्षण कार्यक्रम रहेको पनि शाखाले जानकारी दिएको छ ।

भोली नै कार्यक्रम सुरु गनुपूर्व शाखा कार्यालयबाट शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेशालचोक हुदै कवर्ड हलसम्म ¥यालीको आयोजना गरिएको छ ।

त्यस्तैगरी , कार्यक्रमको अन्तिम दिनमा २६ गते श्रीमद्भागवत् गीता ज्ञान यज्ञ बिषयक दार्शनिक प्रवचन कार्यक्रम राखिएको छ । बिहान ११ बजेदेखी २ बजेसम्म चल्ने प्रवचन कार्यक्रममा ब्रह्माकुमारी अमृत अप्सरा दिदीले सञ्चालन गर्ने कार्यक्रम तय भएको शाखाले जानकारी दिएको छ ।

कार्यक्रमको सम्पूण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम हुने स्थानलाई विशेष रुपमा सजाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology