Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गठबन्धनमा मन्त्रालय भागबन्डा अन्तिम चरणमा, माधवको निर्णय आएपछि ‘फाइनल टचअप’


1.6K
Shares

गठबन्धनमा मन्त्रालय भागबन्डा अन्तिम चरणमा, माधवको निर्णय आएपछि ‘फाइनल टचअप’

काठमाडौँ,२३ फागुन । सत्ता गठबन्धनको कार्यदल स्तरमा मन्त्रालय भागबन्डा लगभग टुङ्गिएको छ । प्रधानमन्त्रीसहित २१ मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित ६ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले ७ वटा मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह सहित ४ र जनता समाजवादी पार्टीले भौतिकसहित २ वटा मन्त्रालय पाउने भएको छ ।

जनता समाजवादीले ३ मन्त्रालयको दाबी छोडेको छैन । नेकपा एकीकृत समाजवादी सरकारमा आउन चाहे उसलाई २ मन्त्रालय दिने तयारी गठबन्धनमा एक हिसाबको सहमति भएको छ । तर यसरी गरिएको भागबन्डा अन्तिम भने होइन ।

कार्यदल स्तरमा तयार भएको यो भागबन्डा आजै साँझ गठबन्धनका शीर्ष नेताहरू बसेर अन्तिम रूप दिने तयारी रहेका कार्यदलका एक सदस्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएपछि यो भागबन्डा केही तलमाथि समेत हुन सक्नेछ ।

यता एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । अन्य मन्त्रीहरूको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेलुकासम्म अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेलसहित अहिले कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका छन् । उनी फर्किए लगत्तै शपथ हुन सक्ने भनेर ‘स्ट्यान्ड बाई’ बस्न महासेठ लगायतका नेताहरूलाई खबर छाडेका छन् । यस्तो खबर पाएपछि महासेठ अहिले भर्खरै जनकपुरबाट काठमाडौँ ओर्लेका छन् ।

उता गठबन्धनमा भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको उपसभापति स्वर्णिम वाग्लेले बताउनुभयो । उहाँका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology