Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘ड्युन’को तेस्रो सिक्वेल बन्ने, विश्व बक्स अफिसमा उछाल कमाई


1.2K
Shares

‘ड्युन’को तेस्रो सिक्वेल बन्ने, विश्व बक्स अफिसमा उछाल कमाई

काठमाडौं, २३ फागुन । रिलिज भएको पाँच दिनमै हलिउड साइन्स फिक्सन फिल्म ‘ड्युन २’ले विश्व बक्सअफिसमा १८२.५ मिलियन डलरको कमाइ गरेको छ । यो कलेक्सन सन् २०२४ को अहिलेसम्मको उच्च कमाई हो ।

तिमोथी चालमेट र जेन्डाया स्टारर यो फिल्म आइएमडीबीमा अहिलेसम्म उच्च रेटिङ पाउने फिल्म समेत हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले यसलाई ‘मास्टरपिस’को संज्ञा समेत दिएका छन् ।

दर्शकबाट सकारात्मक समीक्षा आउने वित्तिकै फिल्मको श्रृंखलाको आशा गर्न सकिन्छ । ‘ड्युन’ पनि यसको अपवाद रहेन । सिक्वेल बनाउनेबारे निर्देशक डेनिस भिलेनेउभले आफूले यसको कथा ट्रियोलोजी तेस्रो श्रृंखलासम्म पुरा हुने बताएका छन् । जसको अर्थ, दर्शकले ‘ड्युन’को तेस्रो श्रृंखला पनि हेर्न पाइनेछ ।

शुक्रबार विश्वब्यापी रिलिजअघि दक्षिण कोरियाली संचारमाध्यमसँग कुरा गर्दै निर्देशक भिलेनेउभले तेस्रो श्रृंखलाको पटकथा लेखन करिब टुंगिन लागेको बताएका छन् । ‘लेखन करिब टुंगिन लागेका छ । पूर्णरुपमा टुंगिएको चाहिँ हैन । तेस्रो फिल्मको सपना पनि छ । यसले मलाई पूर्णरुपमा त्यता लाग्न प्रेरित गरेको छ ।’

निर्देशकले तेस्रो श्रृंखलाबारे आशा मात्र जगाएका छैनन्, अहिल्यैदेखि सकारात्मक चर्चा पनि थालेका छन् । जसको कारण तेस्रो श्रृंखलाको कथावस्तुबारे पनि अनेक अड्कलबाजी हुन थालेका छन् ।

निर्देशक भिलेनेउभले तेस्रो श्रृंखलाको काम सुरु भएको तर, औपचारिकरुपमा घोषणा हुन बाँकी रहेका बताएका छन् । ‘मैले सुरुमा दुईवटा फिल्म साइन गरेँ । दुईवटै रिलिज भैसकेपछि मलाई लाग्यो, सबै ठीक छ । मलाई लाग्छ तेस्रो श्रृंखला पनि गरेर, पल एट्रेइड्सको कथालाई समाप्त गर्नु मेरो लागि अर्थपूर्ण हुनेछ । ‘ड्युन ः मसिहा’को काम सुरु भएको छ ।’

सन् १९६५ मा प्रकाशित फ्रयांक हबर्टको विज्ञान कथामा आधारित फिल्मको मुख्य पात्र पल एट्रेइड्सको मुख्य भूमिकामा तिमोथी चालमेटले अभिनय गरेका छन् । सीएनएनसँगैको कुराकानीमा अभिनेता चालमेटले पनि ड्युनको तेस्रो श्रृंखला पनि सफल हुनुपर्छ भन्ने आशा आफूले राखेको बताउनुभयो ।

जेन्डाया, फ्लोरेन्स पग, अस्टिन बटलर, रेबेका फर्गुसन, जोस ब्रोलिन, डेभ बाटिस्टा लगायतको यसमा शीर्ष भूमिका छ । फिल्मको आधिकारिक वितरण कम्पनी वार्नर ब्रोजले यसको तेस्रो श्रृंखलाबारे औपचारिकरुपमा केही बताएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology