गोरखा २३ फागुन । पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी स्थित त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ । बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी उपरीक्षक (डएसपी) मदन कुँवरले जानकार दिनुभयो ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेर दुर्घटन भएको हो । बसमा रहेका ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटना धेरैको सकुशल उद्धार गरिएको डिएसपी कुँवरले बताउनुभयो ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका लागि खटिएको छ ।उद्धार कार्य जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।