काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए ।
उक्त समीकरणबाट तीन जना मन्त्रीले सोमबार अपराह्न शपथ लिइसकेका छन् । यससँगै पुरानो गठबन्धनका मन्त्री स्वत हटेका थिए भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालको जिम्मेवारीमा छ।