Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रास्वपाले माग्यो– गृह‚ भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय


2K
Shares

रास्वपाले माग्यो– गृह‚ भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय

काठमाडौं, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको सो पार्टीका एक शीर्ष नेताले बताउनुभयो । यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको भनाइ छ ।

रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । निर्णय हुन बाँकी छ । “गृहसहित पर्यटन‚ भौतिक पूर्वाधार‚ सहरी विकास मन्त्रालय लिने विषयमा छलफल भइरहेको छ‚” ती नेताले भने‚ “सबै हामीले भनेको त नहोला, तर अडान त राख्नुपर्‍यो नि ”

रास्वपाले गृह मन्त्रालय जुनसुकै हालतमा आफूले पाउनुपर्ने अडान राखेको छ । नेकपा एमालेको पनि यही अडान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology