Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ


3.8K
Shares

गोरखामा बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

 

गोरखा, २१ फागुन । बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्वामा कसूरदार ठहरीए कैद तथा जरिबाना पछी फरार भएका १ जना पुरुषलाई गोरखा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–५ छोप्राक घर भएका ४६ बर्षका राम गुरुङ भएको प्रहरीले पुष्टी गरेको हो ।

बैदेशिक रोजगार न्यायाधीकरणबाट २०७३ साल चैत्र १५ गते ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला लगत्तै फरार भएका गुरुङ पकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उनका अनुसार पक्राउ परेका गुरुङलाई आजै तोकिएको कैद र जरिवाना असुल उपरको लागि गोरखा जिल्ला अदालतमा पेश गरीएकोमा अदालतको आदेशले गुरुङलाई कारागार चलान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology