काठमाडौं, १९ फागुन । त्रिकोणात्मक टी–२० क्रिकेट सीरीजको अहिले जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई उत्कृष्ट सुरुवात गरेको छ । नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसंगै पहिलो ओभरमै दोहोरा सफलता हासिल गरेको छ ।
नेपालका स्टार बलर करण केसीले पहिलो ओभरको चौथो तथा छैठौं बलमा नेदरल्याण्ड्सका दुई खेलाडीलाई आउट गरेका हुन् । करणले ओपनर माइकल लेभिटलाई व्यक्तिगत चार रनको स्कोरमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए भने सीब्राण्ड इल्जेलब्रेच्टलाई खाता खोल्द नदिई विकेट कीपर आसिफ शेखबाट क्याच गराए ।
टियू क्रिकेट मैदान, कीर्तिपुरमा अहिले ११ः३० बजेदेखि प्रारम्भ भएको प्रतियोगिताको ताजा अवस्थामा नेदरल्याण्डसले तीन ओभरमा दुई विकेट गुमाएर १३ रन जोडेको छ । आजको खेलमा अनिलकुमार साहको स्थानमा कुशल भुर्तेललाई टिममा समावेश गरिएको छ ।
नेपालको प्लेइङ –११
रोहित पौडेल कप्तान, आशिफ शेख, कुशल भुर्तेल, प्रतिश जिसी, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र गुल्सन झा ।
जारी सीरीजको खेलमा नेदरल्याण्ड्स लगातार दुई खेलमा जीत निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जीत निकालेको छ । नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दवावमा छ । आजको खेलमा नेपाल विजयी भए तथा आइतवार नेदरल्याण्ड्सले नामिबियालाई हराउने हो भने नेपाल फाइनलमा पुग्ने छ ।
नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीच १० टी–२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा जित र ५ खेलमा पराजित भएको छ ।