Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जिल्ला प्रहरी कार्यालय गोरखाद्धारा प्रहरी सेवालाई छिटो छरितो, पारदर्शी र जवाफदेही बनाउ क्युआर कोड प्रयोग गर्न सुरु


1.4K
Shares

जिल्ला प्रहरी कार्यालय गोरखाद्धारा प्रहरी सेवालाई छिटो छरितो, पारदर्शी र जवाफदेही बनाउ क्युआर कोड प्रयोग गर्न सुरु

गोरखा, १९ फागुन ।  जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी सेवालाई छिटो छरितो, पारदर्शी र जवाफदेही बनाउ क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले हिजोदेखि नागरिकहरुमा परेको समस्याको उजुरी गर्न र गुनासो तथा सुझाव प्रदान गर्न सक्ने गरी क्युआर कोड प्रयोगमा ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

प्रहरीले कार्यालय मार्फत प्रदान गरिने सेवालाई प्रविधियुक्त बनाउदै लैजाने उद्देस्यका साथ सेवा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । क्युआर कोडको प्रयोगले प्रहरी सेवालाई छिटो, छरितो, व्यवस्थापन, जवाफदेही, पारदर्शी बनाई नागरिक सु–सम्बन्ध एवम् सुशासन कायम सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसैको माध्यमबाट अवदेखि सेवाग्राहीहरुले उजुरी तथा गुनासो राख्न र सुझाव प्रेषित गर्न सक्ने सूचना अधिकारी खड्काले बताउनुभयो । कार्यालयले सेवाग्राही सेवा लिन आउदा देख्न स्थानहरुमा क्युआर कोड टाँस समेत गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology