गोरखा, १९ फागुन । जिल्ला न्यायिक मन्च गोरखाले गोरखाको अजिरकोट गाउँपालिका स्थायी घर भएकी १३ बर्षीया छात्रा शालिन पोखरलको चितवनको स्थित एकता शिशु निकेतन विद्यालयको होस्टलमा झुण्डिएर मृत्यु भएको घटनाको गम्भीर छानविन गर्न माग गरेको छ ।
मन्चले हिजो प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण बुझाउदै चितवन रत्ननगर नगरपालिका–१० स्थित उक्त विद्यालयमा फागुन १२ गते स्कुलको होस्टलमा बालिका झुण्डिएको अवस्थामा शव फो परेको घटनाले आफुहरु स्तव्ध भएको जनाएको छ ।
मृतकका परिवारले उक्त घटना आत्माहत्या नभई जवरजस्ती करणपछि हत्यो भएको आंशक गरेको भन्दै मन्चले घटनाको निस्पक्ष छानविन गरी पिडित परिवारलाई न्याय दिलाउन गृहमन्त्रालयमा पठाइएको ध्यानकर्षण पत्रमा भनिएको छ ।
पोष्टमार्टमको रिपोर्ट पश्चात घटना संकास्पद देखिएको भन्ने परिवारको आशंका रहेकाले सत्य तथ्य छानविन गरी मृतकबालिकालाई र परिवारमा न्याय दिलाउन गोरखा जिल्ला भित्रका सम्पूर्ण न्यायिक समितिका पदाधिकारीहरुको तर्फबाट गृहमन्त्री समक्ष न्यायिक छानविनको लागि जोडदार माग गरिएको छ ।
जिल्ला न्यायिक समितिका संयोजक समेत रहनु भएकी गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर नेतृत्वको टोली आज जिल्ला प्रसासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाइएको हो ।
यसै विच गोरखमा उक्त घटनाको निस्पक्ष छानविनका लागि दवाव सुरु भएको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा हत्याको छानविनको माग गर्दै पोष्टर टाँस गरेर दवाव सुरु भएको हो ।