काठमाडौं,१८ फागुन । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी(२० सिरिजअन्तर्गत नेपालले नामिबियाविरूद्ध दोस्रो खेलमा ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमायो ।
अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए । यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए। सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए। उनले १७ बलमा ३ छक्का प्रहार गरे ।
अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे। त्यतिबेला नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो । सिरिजका सुरुवाती दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो।