Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ


2K
Shares

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ, १६ फागुन । प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताउनुभयो । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology