Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा भरतपुरका लोप्चन पक्राउ


5.4K
Shares

गोरखामा नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा भरतपुरका लोप्चन पक्राउ

गोरखा, १५ फनगुन । १२ बर्षिया बालिकालाई पटक पटक करणी गरेको आरोपमा चितवन भरतपुरबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१८ घर भएका ३२ बर्षका प्रदिप लामा लोप्चान भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

भरतपुर घर भई हाल कठमाण्डौ महानगरपालिका–४ बालुवाटर बस्ने लोप्चनले १२ बर्षिया बालिका ‘२६ परिसर’ नाम परिवर्तनलाई माघको २१ गते राजधानीबो भगाई गोरखाको पालुङटार नगरपालिका–५ ठाटीपोखरी राखी गएको फागुन १ गतेदेखी ६ गतेसम्म पटक पटक जबरजस्ती करणी गरेको भन्दै उहाँका आफन्तले प्रहरीले निवेदन दिए लगत्तै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपितले राजधानीबाट विभिन्न प्रलोभन दिएर नाबालिकालाई गोरखाको ठाँटी पोखरी ल्याएका थिए । जबरजस्ती करणी गरेको घटनामा पीडितको आफन्तले जिल्ला प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा जाहेरी दिएको थियो ।

सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले आरोपित लोप्चनलाई फागुन १२ गते शनिबार पक्राउ गरी गोरखा पठाएको सूचना अधिकारी श्रेष्ठले बताउुभयो । पक्राउ परेको लोप्चनलाई फागुन १४ गते सोमबार प्रहरीले जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप भएको छ । आरोपितलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology