Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २९ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो


2.6K
Shares

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २९ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो

गोरखा, १५ फागुन । जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको २९ औं स्मृति दिवस रम्तेलको जन्मथलोमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बि.स २०५२ साल फागुन १४ गतेका दिन गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थियो सोही दिनको सम्झना र सहिद रम्तेलको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्मृतिसभा सहितको कार्यक्रम गरिएको हो ।

नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टी समितिको आयोजनामा रम्तेलकै घर जराङ्ग डाँडामा आयोजित श्रद्धान्जली कार्यक्रम

स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टी समितिको आयोजनामा उँहाकै घर जराङ्ग डाँडामा श्रद्धान्जली सहितको कार्यक्रम गरिएको छ । त्यस्तै स्मृति दिवसको अवसर पारेर दिल बहादुर रम्तेल स्मृति पार्क जराङ्ग डाँडामा निर्माण गरिएको रम्तेलको शालिक अनारवण समेत गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

शहीद दिलबहादुर रम्तेलको शालिक अनावरण गर्नुहुँदै गण्डकी प्रदेस सभाका सभामुख कृष्ण धिताल

गण्डकी प्रदेस सभाका सभामुख कृष्ण धितालले एक कार्यक्रमका बिच शहीद रम्तेलको शालिक अनारवण गर्नुभएको हो । दिवसकै अवसरमा बारपाक सुलिकोट गाउँपालिका भित्रका जनयुद्धका शहीद, बेपत्ता परिवार र घाइतेहरुलाई गाउँपालिकाको तर्फबाट १० हजार रुपैया सहित सम्मान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

जनयुद्धका शहीद, बेपत्ता परिवार र घाइतेहरुलाई गाउँपालिकाको तर्फबाट १० हजार रुपैया सहित सम्मान गर्नुहुँदै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट

यस्तै दिवसको अवसर पारेर योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाले शहीद दिलबहादुर रम्तेल र कौशिला गुरुङले अध्ययन गर्नुभएको पन्द्रुङ जराङ स्थित श्री ब्रम्हचारिणी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।

शहीद दिलबहादुर रम्तेल र कौशिला गुरुङले अध्ययन गर्नुभएको पन्द्रुङ जराङ स्थित श्री ब्रम्हचारिणी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology