Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउ


2.1K
Shares

छिमेकीको हत्या आरोपमा बाबुछोरा पक्राउ

धनगढी, १४ फागुन । छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरिएको छ । बझाङ जयपृथ्वी नगरपालिका ७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भरत शाहले आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेको बताउनुभयो । कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको थियो ।

आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको बताइएपनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology